ग्यास सिलिण्डर बिस्फोटमा परेर कांग्रेस नेता चन्द्र भण्डारी घाइते

ग्यास सिलिण्डर बिस्फोटमा परेर कांग्रेस नेता चन्द्र भण्डारी घाइते

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद समेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन्।उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।