यस्तो छ आजको मौसम पूर्वानुमान !

यस्तो छ आजको मौसम पूर्वानुमान !

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।