गोकर्णेश्वर ८ मा सुत्केरी आमाहरुलाई पोषण सामाग्री वितरण

गोकर्णेश्वर  ८ मा  सुत्केरी आमाहरुलाई पोषण सामाग्री वितरण

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा  उप प्रमुख संग सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत पोषण सामग्री वितरण गरिएको छ । सोमबार बेशिगाउँ स्थित शहरी स्वास्थ्य केन्द्र गोकर्णेश्वर ८ मा उप प्रमुख संग सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत पोषण सामग्री वितरण गरिनुको साथै स्वास्थ्य शिविर समेत सचालन गरिएको  वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी गराए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिकाका  पुर्व नगर प्रवक्ता तथा वडा अध्यक्ष मनोज कुमार दुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा वडा सदस्यहरु  सुमन लामा , शोबिता मिजार लगायत कर्मचारी स्वास्थ्यकर्मी र स्थानीयको उपस्थिति रहेको थियो ।

“सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौं भन्ने उद्देश्यले सो कार्यक्रम शुरु गरेको वडा अध्यक्ष नन्दलाल श्रेष्ठले कपन अनलाइनलाइ बताए ।उनले वडा कार्यलयमा नाम टिपाएका करिब २सय जना सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरेको समेत जानकारी गराए। 

कार्यक्रमले सुत्केरी आमाहरुलाई प्रोत्साहन गर्दै मातृशिशुको जीवन सुरक्षाका लागि मद्दत पुग्ने पनि उनले बताए । सुत्केरी, गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य परिक्षण, आइरन चक्कीको उपभोग, पोषिलो खानेकुराको उपभोग लगाएत क्षेत्रमा कार्यक्रमले सुधार ल्याउने उनको  बिश्वास रहेको छ ।

वडामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि  बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदै सोमबार नै आम्दा नेपालले वडाको शहरी स्वास्थ्य केन्द्रलाइ स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको थियो । सोमबार नै वडा कार्यालयमा भएको स्वास्थ्य शिविरमा दुइ सय भन्दा बढीले स्वास्थ्य परिक्षण समेत गरेको जानकारी गराए

तपाइँको प्रतिक्रिया ।