परिवर्तन ईभेन्ट हाउसको आयोजनामा “डिएसए स्टार २०२३ सिजन-९”को ग्राण्ड फिनाले सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

परिवर्तन ईभेन्ट हाउस प्रालिको आयोजनामा  डिएसए स्टार २०२३ सिजन-९ रको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

बालकुमारी स्थित म्युजिक सिटी हलमा  गायक आनन्द कार्कीको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा, नेपालको पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राई , बाबा एजुकेश कन्सल्टेन्सीका  महाप्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल एकेडेमीका  प्रिन्सिपल सुमन नगरकोटी लगायतले मन्तव्य राखेका थिए।

यस् किसिमको कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरणबन्नुका साथै राष्ट्रिय तथा  अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने बताउदै  परिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जि आरले  निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रकार, अभिभावक लगायतलाई  धन्यवाद दिएकी छन।

राज बाराईलीले उद्घोषण गरेको  कार्यक्रममा गीत संगीतमा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका गायक आनन्द कार्कीलाई सम्मान समेत गरिएको थियो।

 

डि एस् ए स्टार सिजन ९ का बिजेताहरु :

मिनी डन्सिङ स्टार (बिजेता) : युना शिङ ठकुरी

जुनियर डन्सिङ स्टार बिजेता : समिक्षा मोक्तान

फर्स्त रनर अप : रेचल बुढाथोकी सेकेण्ड रनर अप: आर्यश थापा मगर

थर्ड रनर अप: साहाया कार्की

फोर्थ रनर अप: राजभी अर्याल

फिफ्थ रनर अप: तेजस्भी पन्त

सिक्स्थ रनर अप : बर्षा अधिकारी

प्री-टीन डन्सिङ स्टार विजेता: प्रिन्सु रेग्मी

फर्स्ट रनर अप : एन्जल तामाङ

सेकेण्ड रनर अप : खुशी शिङ ठकुरी

थर्ड रनर अप: पिया खनाल

फोर्थ रनर अप : दिया लामा

फिफ्थ रनर अप : अन्शु खड्का

सिङगिङ स्टार विजेता: एन्जल बाबु कटेल

फर्स्ट रनर अप : इप्शित पन्त

एक्टिङ स्टार बिजेता: रोमिया सुनुवार

फर्स्ट रनर अप : प्रशान्ती चन्द ठकुरी

प्रतियोगिताका  बिजेतालाई स्पेन हुने अन्तरराष्ट्रिय प्रतियोगीता नेपालको तर्फबाट प्रतिनिधित्व गराइने जानकारी दिइएको कार्यक्रममा बिजेता लगायत अन्य प्रतियोगीहरुलाई विभिन्न अवार्ड्बाट पुरस्कृत गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।