मेचिनगरका हात्ती पीडित जनतालाई राहत माग गर्दै वडाअध्यक्ष काठमाण्डौमा

मेचिनगरका हात्ती पीडित जनतालाई राहत माग गर्दै वडाअध्यक्ष काठमाण्डौमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

मेचीनगर नगरपालिकाकावडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीले हात्तीपीडित जनतालाई उचित राहत प्रदानगर्न सरकार समक्षमाग गरेका छन्।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले बाहुनडाँगी क्षेत्रका हात्ती पीडित जनतालाई उचित राहत र दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्षआग्रह गरेका हुन् । हात्ती पीडित जनतको राहतकालागि स्थानीय सरकारले केही मल्हमपट्टीको प्रयास गरेपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

मानव हात्तीको सह–अस्तित्वकायम गरेर अगाडि बढ्न सकेमात्रै राम्रो हुने उनले बताए । हात्ती आतंकको कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उनले बताए ।
‘मानव र हात्तीको सह अस्तित्वकायम गरेर जानुपर्छ भनेर हामी लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्तीमार्ने र मान्छेद्धारा हात्ती मारिने अलग–अलग घट्ना छन् । तर, मेचीनगर नगरपालिका बाहुन डाँगी क्षेत्रको घटना भने अलि फरक छ । त्यो हात्तिहरु दिनभरी भारतको कोलाबारी फरेस्टमा बस्छन् र राती भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गरेको छ । अहिलेसम्म हामीले स्थानीयस्तरबाट सानातिना मल्हमपट्टीको काम गरेपनि तिनीहरुको परिवारको शिक्षादीक्षा, स्वास्थ्य स्थिति के छ, उनीहरुको आयआर्जन के छ भन्ने बारेमा राज्यको ध्याननपुगेको हुँदा राज्यले हात्तीबाट मारिएकाअथवा घाइते भएकाहरुलाई ठोस राहतको व्यवस्थागर्न म राज्यसँग आग्रहगर्न चाहन्छु,’–उनले भने ।
हात्ती र मान्छेलाईसँगै कसरी बाँच्ने र बचाउने भन्नेबारेमाकार्यक्रम तय गरी त्यहाँका जनताबीचमा लैजान पनि उनले सरकार समक्ष आग्रह गरेका छन् । हात्ती आतंककाकारण आफूहरुले चाडबाड राम्रोसँग मनाउन र चेलिबेटीहरुको समेत विवाहहुन गार्हो भएको उनको भनाई छ । हात्तीलाई बोझको रूपमानभएर पर्यटनसँग जोडेर मोजको रुपमालिने वातावरण निर्माणका लागिउनले सरकारसँग आग्रह गरे ।
‘हामीले हात्तीलाई बोझको रुपमाहोइन,यसलाई मोजको रुपमा विकास गर्न जरुरी छ । मोजको रुपमा कसरी लाने त भन्दायसलाई हामीले टुरिजमको रुपमा विकास गर्नुपर्छ । हामीले बजारमा देख्छौं एउटा बाँदर खेलाउनेले, एउटा सपेराले आफ्नो पाँच÷सातजना परिवार पालिरहेको हुन्छ । हामीसँगभएकाहात्तीलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिनुपर्छ,’उनले भने ।
आफूहरुले मानवर हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेको उनले बताए । स्थानीयतहको सानो पहलले मात्रै समस्या समाधाननभएको भन्दै सिंहदरबारको ध्यानाकर्षण गराउन आफू मिडियामा आएको कार्कीको भनाई छ ।
हात्तीबाट बाली जोगाउन त्यहाँका जनताले तोरी लगाएको र त्यसको बजारीकरण र व्यवस्थापन चिन्ताको विषय बनेको पनि उनले बताए ।
साथै, आगामी चैत्र ९ देखि ११ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ग्रामिण पर्यटन महोत्सव आयोजना गर्न लागिएको पनि उनले जानकारी गराएका छन् । महोत्सवमा ग्रामिण क्षेत्रका उत्पादन, स्वस्थ्यकर खानेकुरा र ह्याण्डिक्राफ्टहरु प्रदर्शनमा राखिने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।