बोक्सी भनी आफन्तबाटै कुटपिट

९ असार । महोत्तरीको सिमरदही–९ बहुअर्वाका खुरसैद कवारीको श्रीमती सविना खातुन आफ्नै देवर र देउरानीबाट बोक्सीको आरोप लागी मरणासन्न हुने गरी मङ्गलबार कुटिएकी छिन् ।

भैँसीले दूध नदिएको निहँुमा मङ्गलबार पीडितका देवर जीवरइल कवारी देउरानी जैलम खातुन र अमिना खातुनले पीडितलाई लाठी र बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गर्दा निजको शरीरभरि निलडाम परेको छ । अर्धबेहोस अवस्थामा उनी जिल्ला अस्पताल जलेश्वरमा भर्ना भएकी छिन् ।

महिला विकासअन्तर्गत वडा निगरानी समितिकी अध्यक्ष आशा ठाकुर र सचिव शान्ति देवीको सहयोगमा पीडितलाई महिला विकास र जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दर्ता गराई जिल्ला अस्पताल पु¥याइएको छ ।

पीडित सविना खातुनको श्रीमान् वैदेशिक रोजगारीमा साउदीमा छन् । तीन सन्तानकी आमा पीडितलाई पहिले पनि पाँचपटक उनका देवरले कुटेको र मङ्गलबार १४ वर्षीया छोरीलाई समेत बलात्कार गर्ने धम्की दिएको पीडितले बताएकी छिन् । रासस

तपाइँको प्रतिक्रिया ।