विश्व च्याम्पियनसिप फाईटमा बुढानीलकण्ठका खेलाडीहरुलाई तिन रजत पदक

विश्व च्याम्पियनसिप फाईटमा बुढानीलकण्ठका खेलाडीहरुलाई तिन रजत पदक

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्डको प्रतियोगितामा भाग लिन गएका बुढानीलकण्ठका ३ जना खेलाडिहरुले ३ वटा रजत पदक हासिल गर्न सफल भएका छन् । 

थाईल्याण्डको हुवा हिन सहरमा माघ १९ गते देखि माघ २३ गते सम्म सञ्चालन भएको ‘दि अमेजिङ मई थाई फेस्टिभल’-२०२३’ को थाईल्याण्ड विश्व च्याम्पियनसिप फाईट  मा भाग लिएका वडा नं ०५ का १३ वर्षिय गेन्जी राईले ३४ के.जी. स्तरीय फाईट खेलेका थिए । सेमि-फाईनल खेलमा थाईल्याण्डका खेलाडिलाई हराँउदै फाईनल प्रवेश गरेका राईले फाईनलमा थाईल्याण्डकै अर्का खेलाडि सँगको प्रतिस्पर्धात्मक खेलमा हार बेहोर्दै रजत पदक जित्न सफल भएका हुन् ।

५५ के.जी. तौल अन्तरगतको फाईट खेलेका १९ वर्षिय लाल बहादुर तामाङ्गले संयुक्त राष्ट्र अमेरिकाका खेलाडिलाई पहिलो खेल हराउदै फाईनल प्रवेश गरेका थिए । फाईनलमा खेल अन्तरालमै उनी घाईते भएका कारण हार बेहोर्न पर्यो । तर रजत पदक जित्न भने सफल भए ।

यस्तै ६३.५ के.जी. तौलमा भिडेका वडा नं ०६ का १८ बर्षिय दिगबिजय राठौरले सेमी-फाईनलमा आफ्नो प्रतिस्पर्धीको अनुपस्थितिका कारण ‘बाई’ पाउँदै फाईनल प्रवेश गरेका थिए । फाईनल खेलमा उत्कृष्ट प्रदर्शनी देखाएका राठौरले ईटालिएन खेलाडि संग थोरै मात्र मतअन्तरले पराजित हुँदै रजत पदक जिते ।

रजत पदक जितेका ३ खेलाडिलाई विश्व बक्सिङ परिषद अध्यक्ष माननीय मउरीको सुलेमान ले खेलाडिहरुको उत्कृष्ठ प्रदर्शनीका लागि विशेष सम्मान सहित पदक हस्तान्तरणगरेका थिए ।

थाईल्याण्डमा भएको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।प्रतियोगिता सकिए लगतै प्रशिक्षक राजु राई र पुरण रोकाया संगै ३ खेलाडिहरु फागुन १ गते नेपाल फर्किने डब्लु. वि.सि. मई थाई नेपालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।