लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न, नेकपा एमालेका उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न, नेकपा एमालेका उम्मेदवार विजयी

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागिलुम्बिनीप्रदेशको दाङमा उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बाट उम्मेदवार कुमार दसौदी ४ हजार २६ मतभारप्राप्त गरी विजयी भएका छन।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका  माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरेका छन । यसैगरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार  राजेन्द्र वीर रायले १४४ मतभार प्राप्त गरेका छन  ।
यस उपनिर्वाचनमा लुम्बिनीप्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता ररहेका थिए  ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्यतर्फ ८७ जनामतदाताले मतदान गरेका थिए । यस निर्वाचन प्रणालीमा गाउँपालिकाकाअध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रतिमतदाता ४८ मतभार रहने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया ।