बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा ‘४२’ जनालाई उद्यमशिलता तालिम

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा ‘४२’ जनालाई उद्यमशिलता तालिम

कपन अनलाइन

काठमाण्डौ ,माघ २४।

“गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम्” (मेड्पा) अन्तरगत वडा नं ०१ मा उद्यमशीलता विकास तालिम (TOPE/TOSE र GESI ) तालिम सुरु भएको छ ।

माघ २३ गते वडा अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा उद्घाटन भएको तालिममा वडाका ४२ जनाले प्रशिक्षण लिईरहेका छन् ।अध्यक्ष लामाले  उद्यम सम्बन्धी तालिम मार्फत उद्यम तर्फ आकर्षण बढाउदै वडावासिहरुलाई उद्यम गर्न हौसला प्रदान गर्न वडा प्रतिबद्ध रहेको बताएका थिए ।

यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग,ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा समेत सहयोग गर्न वडा तयार रहेको बताएका थिए  ।

संयोजक जनार्दन शर्माका अनुसार २२ जना लक्ष्य रहेको मेड्पाको तालिममा सहभागि संख्या नाघेर ४२ पुगेको अवस्थामा सबैले अवसर पाउन भन्ने उद्देश्य सहित थप सहभागिलाई वडाको लगानीमा सञ्चालन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।