डीएभी इन्टर कलेज फुटसलको उपाधि विनायक सिद्ध कलेजले जित्यो

डीएभी इन्टर कलेज फुटसलको उपाधि विनायक सिद्ध कलेजले जित्यो

कपन अनलाइन
काठमाडौं, माघ २४।

काठमाण्डौ महानगरपालिका वडा नं ७ चावहिलमा रहेको विनायक सिद्ध कलेजले DAV Inter College Futsal प्रतियोगिताको उपाधि जितेको छ।

उक्त प्रतियोगितामा विजेता बनेको सो विनायक सिद्ध कलेजले नगद रु ३,००,००० सहित ट्रफी प्राप्त गरेको थियो भने कलेजका खेलाडी अभिषेक तामाङ उत्कृस्ट गोलरक्षक र लाक्पा तामाङ उच्च गोलकर्ता बनेका थिए।

दुवै खेलाडीले रु १५,००० नगद पुरस्कार समेत प्राप्त गरेका छन। नियमित पठन पाठन संगै कलेजले अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको जानकारी दिदै कलेजका प्रमुख राम कृष्ण सिंखडाले विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई ज्ञापन समेत गरेका छन। विनायक सिद्ध कलेजको Sports Advisor मा फुटबलर तथा प्रशिक्षक विष्णु गुरुङ रहेका छन ।

त्यस्तै फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङसँगै युवराज राई, मान बहादुर परियार, आदिल हमिद, उर्केन जाङ्मु शेर्पा, सुमित आले, प्रिती राई, गरिमा राई, मदन पाैडेल लगायत खेलाडीहरुको रोजाइमा पनि विनायक सिद्ध कलेज नै परेको छ।

तपाइँको प्रतिक्रिया ।