छ वर्षदेखि फरार अभियुक्त पक्राउ

७ असार । अदालतको फैसला भएको छ वर्षदेखि फरार रहेका तीन अभियुक्तलाई आज काभ्रेपलाञ्चोकका धुलिखेल र पाँचखालबाट प्रहरीले पक्राउ गरेको छ ।
download (2)
सवारी ज्यानसम्बन्धी मुद्दामा फरार रहेका उनीहरुलाई पाँचखाल नगरपालिकास्थित साठीघर भगवतीस्थान र धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१६ साठीघर भगवतीस्थानका २९ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ३२ वर्षीय महेश खड्का तथा पाँचखाल–३ लामिडाँडाका जीवन तामाङ रहेको जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उनीहरुको सवारी ज्यानसम्बन्धी मुद्दा २०६७ सालदेखि २०७१ सालसम्मको रहेकामा अदालतले कैद र जरिवानाको फैसला गरेको थियो ।

केसीका अनुसार श्रेष्ठ र खड्कालाई रु दुई दुई हजार जरिवाना र पाँच महिना १० दिन कैद तथा तामाङलाई एक महिना नौ दिन कैद र रु दुई हजार जरिवानाको फैसला भएको थियो । “कैद र जरिवाना असुलउपरका लागि आज नै अदालतमा पेस गरेका छौँ” प्रनाउ केसीले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।