भाग्यको खेल : डा. शेखरकुमार श्रेष्ठ ( लघुकथा )
कपन अनलाइन
काठमाडौँ, माघ २१ ।
‘काकीआमा ! किन उता फर्कनुभएको ? यता हेर्नुहोस् त ।’, उहाँ म तिर फर्कनुभएन । मभन्दा पछि आउनेले भनिन्, ‘अलि छिटो गर्नुहोस् न । यसरी रोकिएर गफ गर्न थालेपछि अरूको पालो कहिले आउँछ ?’
म वृद्धवृद्धालाई खानेकुरा दिँदै अघि बढेँ । उहाँ भने अर्कोतिर मुख फर्काएर उँधो घोप्टनुभयो । म अगाडि बढ्दै गएँ तर मन त्यहीँ थियो । म घरिघरि उहाँलाई हेर्दै थिएँ । म अर्को कोठामा पुगेँ । काम सकेपछि म मन सम्हाल्न चौतारीमा गएर थचक्क बसेँ । अरूहरू खानेकुरा र कपडा दिँदै थिए । लाग्यो, ‘यस्तो काम सबैले एकै दिन नगरी फरक फरक दिनमा गरेको भए खानाबासी हुने थिएन । तर के
गर्नु ? यो नेपाल हो, यहाँ हरेक काम गर्न उत्सव कुर्नु पर्छ ।’ उहाँ मेरी छिमेकी काकी हुन् । म सानो छँदा उहाँधन, जग्गा, परिवार, नातागोता र सन्तानमा गाउँकै धनी हुनुहुन्थ्यो । उहाँमा नइज्जतमा पनि त्यस्तै हुनुहुन्थ्यो । लाग्छ, उहाँले कसैको चित्त दुखाउनु भएकै छैन । ‘पूर्वजन्मका कारणले दुःख पर्ने हो, दुःखीलाई सहयोग गर्नुपर्छ । खाना खान नपाएर कोहीनमरुन् ।’ भन्दै उहाँ सहयोग गर्नुहुन्थ्यो । मेरी आमाले कुनै दिन भन्नुभएको थियो, ‘आमा बिरामी भएर अस्पतालमा भर्ना हुँदा मैले चार दिनसम्म उहाँकै दुध खाएकी थिएँ रे ।’ मैले उठेर हेरेँ । मानिस कम भएछ । म फेरि उहाँ रहनुभएको कोठामा गएँ । उहाँलाई मैले देखिनँ । मैले नजिकै रहनुभएकी अर्की आमालाई सोधेँ, ‘कृपाकाकी आमा कहाँ जानुभयो ?’
–उहाँले चिनेको मान्छे आएको थाहा पाएर अघि नै उठेर जानुभयो ।
–उहाँ त धेरै सम्पन्न मानिस तर किनयहाँ?उहाँले सम्झाउँदै भन्नुभयो, ‘जग्गाजमिन बेचेर सन्तान सबै विदेश गएपछि कहाँजाने त ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक