ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जोरपाटी इकाई समितिको अध्यक्षमा गणेश बहादुर श्रेष्ठ निर्वाचित

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जोरपाटी इकाई समितिको अध्यक्षमा गणेश बहादुर श्रेष्ठ निर्वाचित

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।  ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जोरपाटी इकाई समितिको अध्यक्षमा गणेश बहादुर श्रेष्ठ  निर्वाचित भएका छन शुक्रबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जोरपाटी इकाई समितिको बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनले श्रेष्ठलाइ अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा सनिप श्रेष्ठ सचिवमा निरच थामी, सहसचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा  कर्ण बहादुर श्रेष्ठ रहेका छन् । संघको सह कोषाध्यक्षमा गोबिन्द श्रेष्ठ सदस्यहरुमा साजन श्रेष्ठ ,सन्त रोक्का ,सरोच राइ समुन्द्र श्रेष्ठर कविता श्रेष्ठ  रहेकी  छन् ।त्यसै गरेर संघका सल्लाहाकारमा  चन्द्र भक्त श्रेष्ठ, र रामकुमार श्रेष्ठलाइ चयन गरेको छ ।

त्यसअवसरमा बोल्दै ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले  व्यवसायीहरु नियमसंगत रुपमा सञ्चालन गरिनु पर्ने बताए ।  कोरोना महामारी  आर्थिक मन्दी लगायतले व्यवसायी मारमा परेको बताउदै व्यवसायीको हक हितका लागि  महासंघ सदैव साथमा रहेको बताए ।

उनले  व्यवसायीको हक हितका लागि सबै जना एक जुट हुन पनि अनुरोध गरेका थिए ।  उनले नव निर्वाचित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।  ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जोरपाटी इकाई समितिको अध्यक्ष चन्द्र भक्त श्रेष्ठको  अध्यक्षतामा भएको  कार्यक्रममा उपाध्यक्ष रामकुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए कार्यक्रममा पूर्वी क्षेत्रीय अध्यक्ष रोहित श्रेष्ठ,काठमाडौं जिल्ला उपाध्यक्ष  यज्ञदास श्रेष्ठ, ग्रिल व्यवसायका संस्थापक अध्यक्ष मधु कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।