चन्द नेतृत्वको माओवादीको जिल्ला समिति गठन

चन्द नेतृत्वको माओवादीको जिल्ला समिति गठन

६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले चन्द्र बुढाथोकीको संयोजकत्वमा १९ सदस्यीय खोटाङ जिल्ला समिति गठन गरेको छ ।

Netra-Bikram-Chand-ji-326x235

यही असार ३ र ४ गते हलेसीमा बसेको कार्यकर्ता भेलाले जिल्ला समिति गठन गरेको सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नवगठित जिल्ला समितिको अन्य पदाधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।

भ्रष्टचार, घुसखोरी, गुण्डागर्दी र कालोबजारीविरुद्ध विशेष अभियान सञ्चालन गर्ने र राष्ट्रियता, जनसंविधान तथा अग्रगमनका निम्ति आन्दोलन गर्ने उसले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।