बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शृजनाटोलबाट नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शृजनाटोल नजिक नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ परेका छन।
प्रहरी प्रभाग कपन बाट खटीएको प्रहरी टोलीले उक्त स्थानमा गई शंकाष्पद अवस्थामा फेला परेका  वडा नं ९ शृजनाटोल बस्ने बर्ष ३१ को सुरेश तामाङ  सोधपुछ गरी निजको शरीर तथा निजको घर कोठा चेकजाँच तथा खानतलासी विभिन्न नियन्त्रित लागुऔषध फेला परेको हो।
प्रहरीले  नियन्त्रित लागुऔषध  DIAZEPAM 2ml एम्पुल थान ४३ , PHENERGAN 2ml एम्पुल थान ४५ र  NOOPHIN 2ml एम्पुल थान ४६ गरी जम्मा एम्पुल थान १३४ लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो  ।
तामाङलाई  उक्त घटना सम्बन्धमा प्रकरण (ख) मा बरामद दशीसहित प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्तिहरु उपर लागु औषध नियन्त्रण तथा ओसार पसार अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि  प्रहरी बृत्त बौद्ध पठाईएको छ  ।
तपाइँको प्रतिक्रिया ।