बुढानिलकण्ठमा नेपाली कांग्रेस : शंख्या बढायो भूमिका उस्तै !

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

बुढानिलकण्ठ नगरपालिकामा २०७४ सालको तुलनामा जनप्रतिनिधिहरुको शंख्यामा उल्लेख्य वृद्धि गरेको नेपाली कांग्रेसको भूमिका भने कमजोर देखिएको छ।

२०७४ सालको निर्वाचनमा निल भएका वडा नं २ ,९ र ११ मा वडा अध्यक्ष बाहेक सबै सदस्यहरु जितेको नेपाली कांग्रेसले २०७९ को स्थानीय तहको निर्वाचनमा १३ जना जनप्रतिनिधि थप जितेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दुई वडा अध्यक्ष सहित १० जनप्रतिनिधि जितेको नेपाली कांग्रेसले २०७९ सालको स्थानीय तहको निर्वाचनमा भने २ वडा अध्यक्ष सहित २३ जना जनप्रतिनिधि जितेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ४ र ५ को अध्यक्षमा विजयी बनेको नेपाली कांग्रेसले वडा नं ४  मा प्यानल नै जितेको छ भने अन्य वडामा भने मिश्रित परिणाम रहेको छ।

बुढानिलकण्ठ नगरपालीकाको प्रमुख र उपप्रमुख दुवै पदमा पराजित बनेको नेपाली कांग्रेसले २०७४ सालको तुलनामा जनप्रतिनिधिहरुको शंख्या बढाएपनि भूमिका भने उस्तै रहेको टिप्पणी हुन् थालेको छ।

पहिउलो कार्यकालमा कमजोर प्रतिपक्ष भनेर निकै आलोचित बनेको नेपाली कांग्रेसले यस पटक पनि दह्रो र देखिने किसिमको भूमिका नगरपालिकामा निर्वाह गर्न नसक्दा धेरै समस्याहरु देखिने खतरा निकै बढने देखिएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक बहुमत रहेको नेकपा एमालेले प्रतिपक्षी दलको अधिकार रहेको लेखा समिती संयोजक नदिदा समेत बोल्न नसकेको नेपाली कांग्रेसले यस पटक संयोजक पाएपनि प्रभावकारी रुपमा खबरदारी गरेको देखिएको छैन।

नगरपालिकाका विभिन्न महाशाखाहरुले उपभोक्ता समिति ,ठेकेदार र सेवाग्राहीहरुलाई निकै दुख दिने गरेको व्यापक जनगुनासो आउँदा पनि छाया सरकारको रुपमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कानमा तेल हालेर बस्दा नगरपालिकाको सुशासन र कार्यसम्पादनमा गम्भीर अशर परेको छ भने निर्वाचित स्थानीय सरकार भन्दा स्थायी सरकार (कर्मचारी तन्त्र ) निकै हावी बनिरहेको छ।

नगरपालिकाका प्राविधिकहरुले गर्ने काममा चाप बढेको भन्दै लाखौ आर्थिक भार पर्नेगरी एकै कामका लागि कन्सल्टेन्सी नियुक्त गर्दा चु: समेत नगरी मौन बसेको नेपाली कांग्रेसले कपन क्षेत्रको खानेपानी अभाव जस्तो संवेदनशील विषयमा पनि हाल सम्म कहिँ कतै बोलेको देखिएको छैन।

त्यस्तै राजस्व संकलन न्यून बनेर नगरपालिकाका विभिन्न योजनाहरुको बजेट काट्ने अवस्थामा पुगेको बुढानिलकण्ठले सवारी साधन र अन्य तत्काल आवस्यक नरहेका सामान खरिद गर्ने निर्णय गरेको चर्चा व्यापक बनेको समयमा प्रतिपक्षीका रुपमा रहेको नेपाली कांग्रेसको मौनता भने निकै अर्थपूर्ण र खोजयोग्य  रहेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।