स्वयम्भू, चौमती नयाँपुलनजिक ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

स्वयम्भू, चौमती नयाँपुलनजिक ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

स्वयम्भू, चौमती नयाँपुलनजिकै ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–२४ का ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

शनिबार बेलुका करिब ८ बजे प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त ट्यांकरसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।