कर्म र भाग्य : राजेश मान के.सी. (कविता )

कर्म र भाग्य : राजेश मान के.सी. (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

कर्म ठूलो हुन्छ कि भाग्य ठुलो हुन्छ ?
बेलाबखत यो बहसको विषय पनि बन्छ ।।
कर्म अनिभाग्य हुन्छ जीवनको दुई पाटो ।
कर्मले नै खोल्छ हाम्रो भाग्य बन्ने बाटो ।।

जुन मानिस मेहनती र कर्मशील हुन्छ ।
त्यही मानिस जीवनमा भाग्यमानी बन्छ ।।
कर्म राम्रो गरे भाग्य आफै बन्दछ ।
भाग्यको नै भरले जीवन व्यर्थ बित्दछ ।।

कर्म गरेर नै तिमीआप्mनो भाग्यबनाउ ।
भाग्यलाई दोषी ठानी समय नगुमाउ ।।
विफल भए कहिलेकाहीँ कर्म छाड्नु हुँदैन ।
आफ्नो  भाग्यलाई मात्र दोषी ठान्नु हुँदैन ।।

कर्ममा नै सधैँ आफ्नो  विश्वास राख्नु पर्छ ।
कर्मले नै मानिसको भाग्य निर्माण गर्छ ।।
कर्म अनिभाग्य हुन्छ एक अर्काको पर्याय ।
दुवै मिले जिन्दगीमा बन्छ नयाँ अध्याय ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।