दिलको बिमारी : उत्तम विचार भेटुवाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
उस्तै छ चोट तनमा गहिरो छ घाउ
स्याहारले जतनले प्रिय सुम्सुम्याऊ ।
आएर याद चुलियो भरियो भकारी
यो जिन्दगी किन भयो दिलको बिमारी ।।१।
आँखा भिजे मुटु जल्यो घर शून्य लाग्छ
माया विना सफर यो किन दूर भाग्छ ।
आफ्नो भुली दिनपुगेँ उनको चिनारी
यो जिन्दगी किन भयो दिलको बिमारी ।।२।
भेटिन्न डाक्टर अझै किनजाँच्नलाई
पीडा दिएर तनमा अति नै मलाई ।
पाइन्छ शीतल भनी उनको छहारी
यो जिन्दगी बनिरह्यो दिलको बिमारी ।।३।
धाएर दैनिक पुगे पनि अस्पताल
उस्तै छ हालदिलको अति नै कराल ।
पार्छ्यौ झसङ्ग जहिल्यै तन यो उघारी
यो जिन्दगी किन भयो दिलको बिमारी ।।४।
खाएर औषध अझै किन हुन्न जाती
यो रोग व्याधि सरुवा अति लाग्छ घाती ।
आफैँ सिकार म बनेँ तनको सिकारी
यो जिन्दगी बनिरह्यो दिलको बिमारी ।।५।
छन् हातपाउ बलिया तर छैनजस्तो
बन्दै गएँकिन अहो कमजोर यस्तो ।
हट्लाभन्यो जखम देख्छु ममा छ जारी
यो जिन्दगी किन भयो दिलको बिमारी ।।६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक