काँग्रेस स्वयम्सेवक टोली भवन निर्माणमा जुट्यो

मेलम्ची, ६ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख धनराज गुरुङको नेतृत्वमा ८० जनाको स्वयम्सेवक टोलीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ मा मेलम्ची मिसन अभियान प्रारम्भ गरी विद्यालयको अस्थायी भवन निर्माणमा जुटेको छ ।

नेता गुरुङ नेतृत्वको टोलीले कुनै पनि निकायले भत्काउन नसकेका जोखिमयुक्त घर भत्काउने र विद्यालयमा अस्थायी टहरा निर्माण गर्ने एकहप्ते अभियान लिएर आएको बताइएको छ ।

भूमेश्वरी निमावि, डढुवा प्रावि, डढुवा र पञ्चकन्या मावि लागर्चेलाई १७ बन्डल जस्तापाता उपलब्ध गराई अस्थायी टहरा निर्माणमा सहयोग गरेको नेता गुरुङले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।