निर्वाचनमा भाग लिने कि नलिने छिट्टै निर्णय गर्छौँ– सुकी

निर्वाचनमा भाग लिने कि नलिने छिट्टै निर्णय गर्छौँ– सुकी

याङ्गोन, ५ असार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीले यसैवर्ष म्यानमारमा हुन लागेको आम निर्वाचनमा आफ्नो दल सहभागी हुने कि नहुने भन्ने बारेमा छिट्टै निर्णय गरिने बताउनुभएको छ ।

download
याङ्गोनमा शनिबार आफ्नो दलका केन्द्रीय स्तरका नेताहरुको सम्मेलनमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले देशमा २५ वर्षपछि पहिलो पटक आफ्नो दलले आम निर्वाचनमा सहभागिता जनाउने या सहभागी नहुने भन्ने बारेमा निर्णय गर्नुपर्ने भएको धारणा राख्दै यस विषयमा चाँडै नै निर्णय गरिने बताउनुभएको हो ।

म्यानमारमा आगामी अक्टोबर वा नोभेम्बर महिनामा आम निर्वाचन हुन लागेको छ । सो निर्वाचनलाई दशकौँसम्म सैनिक सरकार रहेको म्यानमारका लागि प्रजातान्त्रिक सुधारको एक प्रमुख अभियानका रुपमा पनि हेरिएको छ । म्यानमारमा सुधारका लागि यो निर्वाचन हुन लागेको प्रचार सरकारले गरेको छ । सरकारले प्रजातान्त्रिक सुधारका लागि यस आमनिर्वाचनलाई अघि सारेको बताइएको छ ।
तर वर्तमान संविधानले भने सुकीलाई राष्ट्रपति बन्नबाट बञ्चित गरेको छ । म्यानमारको जुन्ता सरकारले बनाएको यस संविधानप्रति म्यानमारको प्रमुख प्रजातान्त्रिक दलले भने विरोध गर्दै आएको छ । एएफपी

तपाइँको प्रतिक्रिया ।