सवारी ज्यान मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,माघ ११।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ बस्ने ४२ वर्षीय ईम बहादुर कार्कीलाई घटनाको ९ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१५ चारदोबाटोस्थित सडकमा २०७० जेठ २७ गते दिउँसो ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च ५२७५ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक कास्की घर भई भक्तपुर गठ्ठाघर बस्ने ६७ वर्षीय शिव शरण रेग्मीको मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका एम्बुलेन्स चालक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।