काठमाडौँ महानगरपालिका वडा नं. १० मा समुदाय प्रहरी साझेदारी वडा समिति पुनःगठन

काठमाडौँ महानगरपालिका वडा नं. १० मा समुदाय प्रहरी साझेदारी वडा समिति पुनःगठन

कपन अनलाइन
काठमाडौं,  माघ ११ ।

काठमाडौँ महानगरपालिका वडा नं. १० मा समुदाय प्रहरी साझेदारी वडा समिति पुनःगठन भएको छ । वडाध्यक्ष रामकुमार के. सी. को संयोजकत्वमा गठित समितिको सहसंयोजकमा बानेश्वर प्रहरी वृत्तका प्रहरी निरीक्षक नविन मरासिनी हुनुहुन्छ भने सदस्य सचिवका रुपमा सामुदायिक प्रहरी सेवा वडा १० का प्रहरी हवल्दार ताराराम दयाल रहेका छन । यसअघि २०७५ सालमा समिति गठन भएको थियो ।

२१ सदस्यीय समितिमा वडा सदस्यहरु सतिस तण्डुकार, नरोज अर्याल, रोहिणी श्रेष्ठ र सुनिता भित्रकोटी सदस्ए हुनुहुन्छ । समाजका अगुवा, महिला समूह, उद्यमी, टोल सुधार समिति, सरसफाइलगायतका अभियानका अगुवा सदस्य रहेका छन  ।

अपराध र सामाजिक विकृति रोकथाम गरेर शान्ति सुव्यवस्था कायम गराउन प्रहरी र समुदाय सँगै मिलेर काम गर्न यसप्रकारको समिति गठन गर्ने गरिएको छ । यसपछि वडा सदस्यहरुको संयोजकत्वमा टोल स्तरीय समिति र विद्यालयका प्रधानाध्यापकहरुको संयोजकत्वमा विद्यालय समिति गठन गर्ने हुनेछ ।

समिति पुन गठन भएपछिको प्रतिक्रियामा वडाध्यक्ष के. सी. ले, वडालाई महानगरका वडामध्येको उत्कृष्ट वडा बनाउन साझा प्रयत्न चाहिएको बताए  । ‘राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा प्रयत्न गरौँ । राजधानी सहरको राजधानी वडा बनाउने सपना पूरा हुनेछ ।’ के. सी. ले भने , ‘जनस्वास्थ्य र जनजीविकासँग जोडिएका सवालमा हामी सवेदनशील भएर काम गरिरहेका छौँ ।’

लागू औषध दुर्व्यसन  विषयमा हामीलाई समय समयमा गुनासो र मौखिक उजुरी पर्ने गरेका छन् । त्यो सूचनालाई आधार बनाएर भनिएको ठाउँमा पुग्दा उनीहरु हिँडिसकेका हुन्छन् । यसप्रकारका समस्या समाधान गर्न समुदायको सक्रिय सहभागिता प्रहरीको अपेक्षा हो । त्यस अवसरमा प्रहरी निरीक्षक नविन मरासिनीको भनाइ थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।