नि:शुल्क ६ महिने कुक तालिम शुरु

नि:शुल्क ६ महिने कुक तालिम शुरु

कपन अनलाइन

काठमाडौं, माघ ११ ।  गोकर्णेश्वर नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोग र  एक्सेल एकेडमीको आयोजनामा नि:शुल्क ६ महिने कुक तालिम शुरु भएको छ ।मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारी ब्यान्केटमा  निराजन मानन्धरको अध्यक्षतामा भएको कुक तालिमको गोकर्णेश्वर नगर प्रमुख  दिपक कुमार रिसालले उद्घाटन गरेका हुन उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ सहित प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो   ।

 

नगरपालिकाका १८ जनाको  सहभागिता रहेको सो तालिम उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले युवाहरु विदेश पलायन भइरहेको बेला यस्तो तालिमले युवाहरुलाई स्वरोजगार बन्न र स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुने बिश्वास ब्यक्त गरेका  थिए  । उनले यस्तो खालको तालिम लिएर स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै  तालिमको सदुपयोग गर्न उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए  । तालिम पश्चात जागिर/व्यवसाय गर्न चाहनेलाई पनि सहजीकरण गरिने बताए । उनले सीप सिकेपछि स्वरोजगार बन्न सहज हुने बताए । निःशुल्क तालिमलाई तालिमको रुपमा मात्र नसोची तालिमको सदुपयोग गर्न उनले आग्रह गरेका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।