बागमती प्रदेश सरकारले पूर्णता पायो , को को बने मन्त्रि ?

कपन अनलाइन
काठमाडौं,  माघ ११ ।

बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।

मुख्यमन्त्री शालिकराज जम्कट्टेलको  मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री,  माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् ।

त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।  साथै सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् ।

त्यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।

बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

तपाइँको प्रतिक्रिया ।