दोस्रो च्याउ महोत्सव च्याउखेतीमा आधुनिक विकासको खाँचो

दोस्रो च्याउ महोत्सव च्याउखेतीमा आधुनिक विकासको खाँचो

काठमाडौँ, ५ असार । लोमो समयदेखि नेपालमा च्याउखेती गरिँदै आए पनि यस खेतीको अत्याधुनिक विकास तथा प्रवद्र्धन हुन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

चद्रागिरी नगरपालिका– १७ स्थित बलम्बुमा आज आयोजना गरिएको दोस्रो राष्ट्रिय च्याउ परिकार महोत्सव– २०७२ मा सहभागी सरोकारवालाले च्याउखेतीलाई अत्याधुनिक प्रविधिमार्फत विकास गर्दै लैजानुपर्ने बताएका हुन् ।

बलम्बु च्याउ सहारी संस्थाद्वारा आयोजित दोस्रो राष्ट्रिय च्याउ परिकार महोत्सव २०७२ का अवसरमा सहभागी कृषि विकास मन्त्रालकाय निमित्त सचिव उदयचन्द्र ठाकुर र सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनलगायत । तस्बिरः रामलाल श्रेष्ठ, रासस

च्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा उनीहरुले च्याउखेतीको व्यवस्थित विकास एवम् गुणस्तरीय च्याउको उत्पादन र निरन्तरता दिन नसकिएको भन्दै उनीहरुले निरन्तर सुधारभन्दा पनि नयाँ प्रविधिमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

कृषि विकास मन्त्रालयका निमित्त सचिव उदयचन्द्र ठाकुरले कृषिको महत्वपूर्ण क्षेत्र च्याउखेतीमा अत्याधुनिक विकास गर्न सकेमा अर्थतन्त्रलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले यस क्षेत्रको विकास तथा बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बचन दिनुभयो ।

च्याउ विज्ञ डा वैद्यनाथ महतोले गुणस्तरीय बीउको अध्ययन तथा अनुसन्धान गर्ने र च्याउखेतीसम्बन्धी तालिम दिने कार्यलाई निरन्तरता दिँदै प्रविधिमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

हाल नेपालमा भइरहेको च्याउखेती गोब्रे च्याउ, कन्ये च्याउ, सिताके च्याउ मौसमीको विकासमा जोड दिनुपर्ने बताइएको छ । महोत्सवमा गुणस्तरीय बीउका विषयमा जानकारी दिइएको थियो । महोत्सवमा च्याउ व्यवसायी, उद्यमी एवम् उपभोक्ताको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।