गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ १ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३३ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता सम्पन्न भएको छ ।

क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन तथा टेबल टेनिस  प्रतियोगीता शनिबार सम्पन्न भएको हो ।

भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा सोमबार बाट संचालित उक्त प्रतियोगिताको उपाधि बि ग्रुप बाट प्रेम कुमार श्रेष्ठ र धुर्ब नापितको जोडीले जितेका छन । शनिबार भएको फाइनल खेलमा प्रेम कुमार श्रेष्ठ र धुर्ब नापितको जोडीले राजेश श्रेष्ठ र हरिशरण श्रेष्ठको जोडीलाई २१- १२ र २३-२१ अंकको सोझो  सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

त्यसै गरि  ग्रुप ए  बाट  राम हरि श्रेष्ठ र  जयराम आचार्यको  जोडीले जितेका छन । उमेश ढुंगाना र निराजन लामाको जोडीलाइ  फाइनलमा राम हरि श्रेष्ठ र  जयराम आचार्यको जोडीले पराजित गर्दै  उपाधी जितेको हो । प्रतियोगितामा विजय कुमार श्रेष्ठ र लोपजंग लामा तृतीय भए  त्यसैगरि धर्म शरण श्रेष्ठ र कारगिल लामाले समेत तृतीय स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा  उदयमान खेलाडी हरिदास श्रेष्ठ, उत्कृष्ट खेलाडी  राजकुमार श्रेष्ठ र प्रेमनाथ आचार्य  घोसित भए । प्रतियोगितामा बिजेता उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी , वडा अध्यक्ष जयराम महत ,  पुर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ , नगर खेलकुद विकास समितिका संयोजक संजय लामा, क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, गोबिन्द बहादुर श्रेष्ठ  लगायतले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र  प्रदान गरेका थिए । क्लबका अध्यक्ष कमल परियारको अध्यक्षतामा भएको उक्त समापन सत्र संचालन श्याम कुमार श्रेष्ठले गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।