आज तारेभिर जाऔ,नवौ तारेभिर पर्यटन महोत्सवमा सहभागी बनौ !
कपन अनलाइन
काठमाण्डौ,माघ १ ।
नवौ तारेभिर पर्यटन महोत्सव आज माघ १ गते शुरु हुदैछ। माघ १ र २ गते संचालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ को गोकर्ण र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठबाट सहज रुपमा पुग्न सकिने तारेभिरमा हुने सो महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन।
नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने महोत्सवको पहिलो दिन स्थानीय उत्पादन र सामाग्रीहरुको प्रदर्शन गरिने छ भने स्थानीय महिला समुह र संघ संस्थाहरुले विभिन्न प्रस्तुतिहरु दिनेछन।
कसरि पुग्ने तारेभिर ?
काठमाण्डौ उपत्यकाकाका जुनसुकै स्थानबाट सजिलै पुग्न सकिने तारेभिर जानका लागि दुई वडा मार्ग प्रयोग गर्न सकिनेछ। सो स्थानमा पुग्न चुच्चेपाटी -जोरपाटी हुदै गोकर्ण पुलबाट सुन्ताखान बालुवा हुदै तारेभिर पुग्न सकिन्छ।
त्यस्तै चक्रपथ -बाँसबारी हुदै बुढानिलकण्ठ देउवा चोकबाट बुढानिलकण्ठ वडा नं २ को बंदेली हुदै पनि तारेभिर पुग्न सकिन्छ। तारेभिर पर्यटन महोत्सवलाई मध्येनजर गर्दै चुच्चेपाटीबाट नियमित यातायातको पनि व्यवस्था गरिएको छ।