गोकर्णेश्वरमा प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको उपाधी छहारी युवा क्लबलाइ

गोकर्णेश्वरमा प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको उपाधी छहारी युवा क्लबलाइ

कपन अनलाइन

काठमाडौं, पौष २८। गोकर्णेश्वर नगरपालिकामा  प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको उपाधी छहारी युवा क्लबले जितेको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उर्जावान युवा क्लब गोकर्णेश्वर ८ को संयोजकत्वमा  सोमबार बाट शुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल  छहारी युवा क्लब र उर्जावान युवा क्लब गोकर्णेश्वर ८  बीच भएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा खेलमा छहारी युवा क्लबले  उर्जावान युवा क्लब गोकर्णेश्वर ८ लाइ  ४- ०  गोलअन्तरले पारजित गर्दै उपाधि माथि कब्जा जमाएको हो। जित संगै छहारी युवा क्लबले  नगद रु २५ हजार ,रनिंङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ  भने उप बिजेता उर्जावान युवा क्लब गोकर्णेश्वर ८ले नगद रु १५ हजार ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। प्रतियोगितामा म्यान अफ द म्याच छहारी युवा क्लबका अभय राना घोसित भए ।त्यसैगरि प्रतियोगितामा  उत्कृष्ट गोल रक्षक छहारी युवा क्लबका जर्सी नं २का खेलाडी  निसान मगर   घोसित भए भने   उत्कृष्ट खेलाडी  गोकर्णेश्व फुट बल क्लब  फिटनेस क्लबका  सागर तामाङ घोसित भए।

 

प्रतियोगितामा फेयर  टिम को उपाधि जोरपाटी फुटसलले हासिल गर्यो प्रतियोगितामा बिजेता उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल बिशेष अतिथि उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रवक्ता एबम गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा ,

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा लगायतले वितरण गरेका थिए ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाको अध्यक्षतामा भएको उद्घाटन समारोह संचालन  उर्जावान युवा क्लब गोकर्णेश्वर ८ का अध्यक्ष सरोज श्रेष्ठले गरेका थिए ।

उर्जावान युवा क्लब गोकर्णेश्वर ८ को सदस्य सुनेना भण्डारीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, नगर प्रवक्ता एबम गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ   उप प्रमुख सान्नानी लामा  प्रमुख अतिथि दिपक कुमार रिसाल लगायतले  सम्बोधन गरेका थिए।

उनीहरुले आयोजकलाइ धन्यबाद दिदै  खेलमा जित्नु हार्नु भन्दा पनि सिक्नु ठुलो भएको बताए ।उनीहरुले आगामी दिनमा  यस्ता  प्रतियोगिता नगर वडा मा मात्र सिमित नराखी अन्तर नगर स्तरीय प्रतियोगिता समेत आयोजना गरि नगरको नाम राख्नु पर्नेमा जोड दिएका थिए । नगरपालिकाले खेल मैदान निर्माणलाइ प्राथमिकतामा राखेको बताएका थिए । कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाललाइ   १ सय ११ किलोको मालाले समेत  स्वागत गरिएको  थियो ।

तपाइँको प्रतिक्रिया ।