गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाललाइ १ सय ११ किलोको मालाबाट सम्मान

गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाललाइ  १ सय ११ किलोको मालाबाट सम्मान

कपन अनलाइन

काठमाडौं पौष २८।

गोकर्णेश्वर नगरपालिकाका  प्रमुख दिपक कुमार रिसाललाइ १ सय ११ किलोको मालाले स्वागत गरिएको छ। बुधबार उर्जावान युवा क्लब गोकर्णेश्वर ८ द्वारा आयोजित प्रथम गोकर्णेश्वर मेयर कप नगर स्तरीय फुटसल प्रतियोगिता समापनमा उनलाई उक्त माला  सहित स्वागत गरिएको हो। उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै उर्जावान युवा क्लब गोकर्णेश्वर ८ले  गरेको  न्यानो स्वागतको लागि धन्यवाद दिएका  थिए ।

उनले  त्यो माला लगाउनुको आकर्षण ५  वर्ष भित्र नगरपालिकामा आफुले  अघि सारेको बिकासका  योजना पुरा भएको  दिनमा देखिने बताए ।  उनले  आफ्नो कार्यकालमा  नगरपालिका भित्र खेल मैदान निर्माण, कवर्ड हाल निर्माणका साथै समग्र विकास निर्माणका काममा सबै संग हातेमालो गरेर अघि बढ्ने  धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।