काठमाडौँ महानगर शहरी  योजना आयोगका उपाध्यक्ष बस्नेतलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ महानगर शहरी  योजना आयोगका  उपाध्यक्ष बस्नेतलाई पद तथा गोपनीयताको शपथ

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर बस्नेतलाई पद तथा गोपनीयताको शपथ गराएका छन  । आज राष्ट्रिय सभा गृहमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

काठमाण्डौ महानगरपालिका शहरी  योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम बस्नेत उपाध्यक्ष पदमा नियुक्त हुनुभएको होे । पुस ११ गते बसेको महानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले योजनाविद् इञ्जिनियर खड्कालाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बस्नेत नेपाल सरकारको प्राविधिक सेवाबाट ऐन बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत आयोगको सदस्य रहनुहुनेछ । आयोगका सदस्यहरुमा १ जना महिला अनिवार्य गरिएको छ । उपाध्यक्ष तथा सदस्य नियुक्त गर्दा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन जस्ता क्षेत्रको प्रतिनिधित्व गराइनेछ ।

त्यस्तै सहरी बिकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तरराष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई पनि सदस्य नियुक्त गर्ने आधार मानिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।