आन्दोलन जारी राख्ने अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिको चेतावनी

आन्दोलन जारी राख्ने अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिको चेतावनी

कपन अनलाइन
काठमाडौं, पुस २६  । अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने मागगर्दै गरेको आन्दोलन  नवौं दिनमा प्रवेश गरेको छ । यस बीचमा आज एसियाली विकास बैंक, नेपाल विद्युत प्राधीकरण र संघर्षरत पक्ष बीच वार्ता पनिभएको छ । वार्ताका क्रममा संघर्षरत पक्षले तत्कालकाम रोकेर प्रहरी फिर्ता गर्नुपर्ने र त्यसपछि विस्तृत रूपमा वार्तामा बस्ने सहमति भएको छ ।
संघर्ष समितिले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत वार्तामाभएको सहमतिको जानकारी गराएको हो । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले नाङ्गो पेस्तोल देखाएर जनतालाई आतंकित गर्ने काम भएको संघर्षरत पक्षको आरोप छ।
आयोजना निर्माण कार्य अघि बढाउँदा त्यहाँका स्थानीयवासीसँग कुनै समन्वय नै नगरी जबरजस्त ढंगाले राज्यले दमनगर्न खोजेको समितिका संयोजकतुलारामतामाङलेबताए । जनताको न्यूनतम मानव अधिकार र जनताको सम्पत्तिको हक हनन गरेर राज्यले प्रहरी लगाएर जबरजस्ती गरेको पनि तमाङले बताए ।आफूहरु वार्ता र छलफलबाट नै समस्याको समाधानको खोजीमा रहेको पनिउनले बताए ।
छलफलमा बस्नका लागि भयरहित वातावरण सिर्जना गरी प्रहरी प्रशासन फिर्ता गर्नुपर्ने संघर्षरत पक्षको माग छ । नेपाल विद्युत प्रधीकरणका निर्देशक कूलमान घिसिङले आन्दोलनका बारेमा मिडियामा राखेको विचार प्रति पनि संघर्षरत पक्षले आपत्ति जनाएको छ ।
साथै, अहिलेको परियोजना एमसीसीसँग सम्बन्धित प्रोजेक्ट भएको पनि उनले दाबी गरे । सर्वसाधरणलाई आतङ्कित गर्ने काम तत्काल बन्द गर्न पनिउनले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । स्थानीयको माग पुरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिको चेतावनी छ ।
अहिलेको परियोजनाले त्यहाँका स्थानीय नागरिकको सन्तानको भविष्यमाथि खेलबाड गरेको रणजीत तमाङले बताए । त्यसैगरी, वडा अध्यक्ष सूर्यबहादुर तामाङले प्रहरी र विद्युत प्राधिकरणले ज्यादती गरेको बताए । त्यहाँको जनताको सूरक्षाको निमित्त आफूले सरकारको ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म आफूहरुको माग प्रतिकुनै सुनुवाई नगरेको उनको गुनासो छ ।
साथै, प्रहरी दमन र काम रोकेर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनिउनले सरोकारवाला पक्षलाई आग्रह गरे । विद्युत प्राधीकरणका निर्देशक घिसिङले त्यहाँका जनप्रतिनिधिकोे चरित्र हत्या गर्न खोजेको उनको आरोप छ ।
आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डनदेउपुरमा राख्ने सहमति भएको थियो । पछि निर्माण कार्य अघि बढाउने बेलामाभने सवस्टेशन काठमाडौंको शंखरापुर–३ बोझेनीमा राख्न लागिएको हो ।

तपाइँको प्रतिक्रिया ।