ग्लाेरी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ-३ काे १३ औँ वार्षिक साधारणसभा सम्पन्न

ग्लाेरी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ-३ काे १३ औँ वार्षिक साधारणसभा सम्पन्न
 कपन अनलाइन
काठमाण्डौ ,पुस २४।

ग्लाेरी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -३  काे १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

बुढानिलकण्ठ ३ स्थित तपेश रेष्टुरेन्टमा भएकाे साधारणसभाकाे सभापतित्व संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठले गरेका थिए भने नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापा प्रमुख अतिथि रहेका थिए।

संस्थाका सचिव विनय केसीको संचालन र प्रबन्धक जनक थापाको  स्वागत मन्तव्य रहेको  कार्यक्रममा सेयरधनीहरु सहित  समाजिक व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सहकारी विभाग प्रमुख अच्युत खड्का, नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ उपस्थिति रहेकाे साधारण असल ऋणि ६ जना, नियमित बचतकर्ता ५ जना,१० वर्षदेखि नियमित कार्यरत कर्मचारी ४ जना र वार्षिक उत्कृष्ट कर्मचारी १ जनालाइ सम्मान गरिएकाे थियाे ।

३३ सय सदस्य रहेकाे २ ०६६ सालदेखि संचालित ग्लाेरी बचत तथा ऋण सहकारी  संस्थाकाे शेयर पुँजि ५,२७,५५१५८ रूपैँया र  बचत २१,५२,७०,१५८ रूपैयाँ  रहेकाे छ ।

तपाइँको प्रतिक्रिया ।