नवराज चालिसे र माधव पौडेललाई गोविन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गरिने

नवराज चालिसे र माधव पौडेललाई गोविन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गरिने

कपन अनलाइन

काठमाण्डौ ,पुस २५।

सम्पादक समाज नेपाल पत्रकारद्वय नवराज चालिसे र माधव पौडेललाई पुरस्कार प्रदान गर्ने भएको छ।

सम्पादक समाज नेपालको २०७९ पुस २२ गते बसेको कार्यसमितिको बैठकले “गोविन्द वियोगी पत्रकारिता पुरस्कार—२०७९” न्यूज २४ का कार्यक्रम संयोजक नवराज चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी यस नेपालफेस डटकमका सम्पादक माधव पौडेललाई यस वर्षको “गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार”बाट पुरस्कृत गर्ने निर्णय पनि समाजले गरेको छ ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष स्व.गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएका यी पुरस्कारको राशी क्रमशः. २५,००१। र  १५,००१। रहेको छ ।

समाजको सोही बैठकले नेपालमा टेलिभिजनको स्थापना र प्रशारणमा अमूल्य योगदान पुर्याउने  निर शाह, वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई सम्पादक समाज सम्मान २०७९  द्वारा सम्मानित गर्ने निर्णय गरेको महासचिव श्याम डोटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्व. गोविन्द वियोगीको स्मृत दिवस पारेर सम्पादक समाज नेपालद्वारा प्रदान गरिने यी पुरस्कार र सम्मान समाजको शिवपुरी—७, गोविन्द वियागी मार्ग, सूर्यचौरस्थित आफ्नै भवनमा आगामी २०७९ माघ ७ गते शनिवारका दिन हस्तान्तरण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।