राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाको संयोजकमा विनोद खत्री
कपन अनलाइन
काठमाडौँ, पौष २३ ।
राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाको संयोजकमा विनोद खत्री चयन भएका छन् । आज बसेको नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलाबाट खत्री संयोजकमा सर्वसम्मत चयन भएका छन् ।
सह–संयोजकको जिम्मेवारी सुरज राई, मदन श्रेष्ठ, सुबास गुरुङ र सुदर्शन कार्कीले पाएका छन् ।त्यस्तै सचिवमा सुमन घिमिरे, सहसचिवमा मदन कट्वाल, सुवास घिमिरे, दिवस राई, युवराज दयाल चयन भएका छन् ।
ओखलढुंगा जिल्ला भेलाबाट खत्रीको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो
तपाइँको प्रतिक्रिया ।