गोकर्णेश्वर -३ सुन्ताखानमा आज बाट चल्ने भनिएको सार्वजनिक यातायात संचालनमा आएन …
कपन अनलाइन
काठमाडौँ,पौष १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सार्वजनिक यातायात संचालन गर्नको लागि सार्वजनिक भेला सम्पन्न भएको छ । गोकर्णेश्वर सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिको आयोजनामा भएको उक्त भेलामा नगरपालिकाका उप प्रमुख सान्नानी लामा, , वडाअध्यक्ष मुरारी प्रसाद कुइकेल, सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका संयोजक उद्दब बिष्ट, सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका सदस्यहरु, यातायात व्यवसायी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
आज बिहान सुन्ताखान घट्ट बसपार्क बाट परिक्षणका रुपमा गाडी संचालन गर्ने निर्णय भएको भए पनि आज बाट सार्वजनिक यातायात संचालन भने हुन सकेन । उक्त भेलाले भोलि बाट भने परिक्षणका रुपमा बस सेवा संचालन गर्ने निर्णय भएको वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले जानकारी गराए । लामो समय देखि उक्त क्षेत्रमा बस सेवा संचालन नहुँदा स्थानीयबासी यातायातको क्षेत्रमा समस्या भोग्दै आएका छन । आजको उक्त भेलाले गोकर्णेश्वर ३ सुन्ताखान बाट बस संचालन गर्न उपभोक्ता र व्यवसायीकि साझा धारणा बनाएर नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ ।
पटक पटकको बैठक छलफल पश्चात आज बिहान सुन्ताखान घट्ट बसपार्क बाट उपत्यका सिटि यातायात प्रालिका ५ वटा र सुन्दरीजल सिटि यातायातका १० वटा गाडी बाट परिक्षण सेवा संचालन गर्ने निर्णय गरेको पनि उक्त निर्णय कार्यन्वयनमा नआउदा स्थानीयले दुख ब्यक्त गरेका छन ।