काठमाडौं महानगरपालिका वडा नं ६ महांकालमा सर्वोच्च नेता गणेश मान सिंहको अर्धकदको प्रतिमा अनावरण गरिने

कपन अनलाइन

काठमाडौँ,पौष १५ । काठमाडौं महानगरपालिका वडा नं ६मा महांकालमा सर्वोच्च नेता गणेश मान सिंहको अर्धकदको प्रतिमा अनावरण हुने भएको छ । ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर श्री गणेशमान सिंह वाटिका समिति बौद्ध महांकालले शनिबार बिहान ८ बजे सर्वोच्च नेता गणेश मान सिंहको अर्धकदको प्रतिमा अनावरण गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।