काठमाडौँ महानगरपालिका वडा नं १८ मा ताम्सिपाखा सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस १५ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को आयोजना र ताम्सिपाखा युथ क्लवको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको छ  ।

काठमाडौँका रहनसहन, परम्परागत जीवनशैली, संस्कार, संस्कृति, भेषभुषा र खानपानलाई पुस्तान्तरण गर्नु पर्ने छ । यसका लागि हामी काम गरिरहेका छौँ । कार्यक्रम बारेमा प्रतिक्रिया दिँदै, सम्पदा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले भने , ‘सम्पदा संरक्षण र प्रवर्धनमा सहभागितामूलक कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौँ ।’

कार्यक्रम आयोजनाका विषयमा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन भन्छन , ‘स्थानीय संस्कार देखाउनु त छँदैछ । यससँगै परम्पराको बैज्ञानिक पक्ष बुझाउनु पनि छ । स्थानीय खानपान तथा भेषभुषा पेशा, समय र स्वास्थ्यसँग सम्बन्धित छ । यो पक्षलाई प्रवर्धन गरेर पर्यटन व्यवस्थापनमा टेवा दिन महोत्सव आयोजना गरिएको हो ।’

महोत्सवमा यमरी, चटामरीलगायत मौलिक खाना, हातले तयार पारिएका लत्ताकपडा, गरगहनासहित दैनिक उपभोग्य सामग्री राखिएका थिए । यसैगरी नेपाल भाषाका गीतहरुमा नृत्य र गायन प्रस्तुत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।