सुक्खा पहिरोमा परी दुई चिकित्सकको मृत्यु

बुटवल (खस्यौली), २ असार । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सडक माथिबाट खसेको सुक्खा पहिरोमा पुरिएर दुई चिकित्सकको मृत्यु भएको छ । अन्य दुई चिकित्सकलाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सक सवार लु१च १७० नम्बरको भ्यान आज अपराह्न सिद्धबाबा क्षेत्रमा सडक माथिबाट झरेको पहिरोमा पुरिएको थियो । उहाँहरु पाल्पाबाट बुटवल फर्कदै हुनुहुन्थ्यो ।

भ्यानमा सवार डा टिडिएस कोचर र उहाँकी श्रीमती डा यशोदा कोचरको घटनास्थलमै मृत्यु भएको हो । सकुशल उद्धार गरिएका घाइते डा जमिन अख्तर मिक्रानी र डा प्रतीकको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।