बालकोट बैठक :पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

बालकोट बैठक :पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

कपन अनलाइन

काठमाडौँ, पौष १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

तपाइँको प्रतिक्रिया ।