गोकर्णेश्वरमा पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगिता शनिबार  बाट शुरु 

गोकर्णेश्वरमा पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगिता शनिबार  बाट शुरु 

कपन अनलाइन 

काठमाडौँ, पौष १० । गोकर्णेश्वरमा  पाँचौ चक्र बहादुर स्मृति अन्तर बिध्यालय छात्र फुटबल प्रतियोगिता २०७९   शनिबार  बाट शुरु  भएको छ   । गोकर्णेश्वर  नगरपालिका संगको सहकार्यमा छहारी युवा क्लबको आयोजनामा  गोकर्णेश्वर नगरपालिका भरि  संचालनमा रहेका बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहेको  उक्त प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इंगलिस पब्लिक स्कुलको खेलमैदानमा संचालन  भएको छ ।   नगरपालिका भित्र रहेका  १८ वटा बिध्यालयका कुल १९ टिम प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको  संघिय सांसद सन्तोष   चालिसे, प्रदेश सभा सदस्य बिमल ठकुरी र नगरपालिका प्रमुख  दिपक रिसालले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

छहारी युवा क्लबका  अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ८ का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, समाजसेवी दिपक सि भण्डारी लगायत वडा सदस्यहरु आयोजक संस्थाका पदाधिकारी सहित खेलाडी, खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।  कार्यक्रममा राष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो  ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाई उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग भन्ने हेतुले छहारी युवा क्लबको अग्रसरतामा हुन लागेको सो प्रतियोगिताले स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको कदर स्वरूप  आयोजना  गरिएको प्रतियोगिताको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले  स्व. चक्रबहादुर ठकुरीको  सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा  बताउदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।

उनीहरुले युवाहरुलाई देश विदेशका विभिन्न खेलका खेल्न योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको  बताउदै युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समिति मार्फत  बिभिन्न  प्रतियोगिता  आयोजना गरिरहेको जानकारी दिदै आगामी दिनमा पनि गर्दै जाने बताएका थिए ।कार्यक्रममा धन्यवाद दिदै  गोकर्णेश्वर नगरपालिका वडा नं ८का  वडा अध्यक्ष नन्दलाल श्रेष्ठले  उपस्थित सबैलाई धन्यवाद दिदै खेलमा हार र जित दुवै हुने हुँदा अनुसासित भएर उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई प्रेरित गरेका थिए।

शनिबार भएको   उद्घाटन खेल छहारी स्कुल  र सांग्रिला स्कुल बीच भएको थियो। उक्त खेलमा छहारी स्कुललाइ    सांग्रिला स्कुलले ५-० गोल अन्तरले पराजित गरेको  थियो। दोस्रो खेल  मनकामना स्कुल र बिद्या सागर स्कुल बीच भएको थियो। उक्त खेलमा मनकामना स्कुलले  बिद्या सागर   स्कुललाइ ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरि प्रतियोगिताको तेस्रो खेल त्रिकोण स्कुल र इश्वरी माबी बीच भएको थियो। उक्त खेलमा  त्रिकोण स्कुलले   इश्वरी माबीलाइ  २-१ गोल अन्तरले पराजित गरेको थियो  ।

तस्तै सोहि दिन भएको नेपालय ए र समता स्कुल बीचको खेलमा समता स्कुलले नेपालय ए लाइ ३-१ गोल अन्तरले पराजित गरेको थियो। त्यसैगरि शनिबार नै ईष्ट पोल स्कुल र भेनस स्कुल बीच भएको खेलमा ईष्ट पोल स्कुलले  भेनस स्कुल लाइ १-० गोल  अन्तरले पराजित गरेको छ । शनिबार अन्तिम खेल प्रज्ञा सदन स्कुल र  माउन्ट ग्लोरी स्कुल बीच भएको थियो। उक्त खेलमा माउन्ट ग्लोरी स्कुल ले प्रज्ञा सदन स्कुललाइ ७-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले  नगद  क्रमश  रु ३० हजार ,१५ हजार र १० हजार   सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।