नेकपा एमालेका सम्पूर्ण जिम्मेवारी छाडेको विदुर विक्रम खड्काको घोषणा
कपन अनलाइन
काठमाण्डौ ,पुस ९ ।
नेकपा एमालेका काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्काले पार्टीका सम्पूर्ण जिम्मेवारीहरु छाडेको घोषणा गरेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पूर्ण बैठकमा बोल्दै संयोजक खड्काले काठमाण्डौ क्षेत्र नं ४ मा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग रहने घोषणा गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ को संघ र प्रदेस (२ ) मा आएको मत अन्तर र परिणामलाई गम्भीरता पुर्वक समिक्षा हुनुपर्ने धारणा राख्दै खड्काले चार दशक देखि नेकपा एमालेको संगठन निर्माण र पार्टी परिचालनमा आफुले दिएको योगदानको समेत स्मरण गरेका थिए।
पार्टीबाट राजिनामा दिएको हो ? भन्ने कपन अनलाइनको प्रश्नमा खडकाले पार्टी जीवनबाट राजिनामा नदिएको तर जिम्मेवारी मात्र छाडेको बताउदै आगामी दिनमा पनि पार्टीलाइ अफ्ट्यारो परेको खण्डमा फेरी मैदानमा आउने धारणा राखेका छन।
आफुले सधै पार्टीलाई आफ्नो व्यक्तिगत जीवन भन्दा माथि राखेर काम गरेको र आगामी दिनमा पनि आवस्यकता परेमा थप सक्रिय भएर जिम्मेवारी निर्वाह गर्ने बताउदै खड्काले अहिले भने कुनै पनि जिम्मेवारी बहन नगरी सामान्य सदस्यका रुपमा क्रियाशील रहने धारणा राखेका छन ।
काठमाण्डौ जिल्ला कमिटीको बैठकमा जिम्मेवारी छाडेको घोषणा गरेपनि खड्काले औपचारिक रुपमा राजिनामा भने दिएका छैनन।