श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको अध्यक्षमा बालकृष्ण श्रेष्ठ निर्वाचित

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको अध्यक्षमा बालकृष्ण श्रेष्ठ निर्वाचित

कपन अनलाइन

काठमाडौं पौष ९ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले नव निर्वाचित अध्यक्ष साल्खाटोलका बालकृष्ण श्रेष्ठलाई पदभार हस्तान्तरण गरेसँगै यस वर्षको लागि मेला व्यवस्थापन समितिले पूर्णता पाएको छ ।सोही दिन दिउँसो बसेको समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा चलाखुटोलका जीवनमान सिंलाईनियुक्त गरेको छ भने महासचिवमा चलाखु टोलका योगेशमान डंगोललाई नियुक्त गरेको छ । त्यसैगरी उपाध्यक्षमा दुगाहिटी टोलका बिरेन्द्र श्रेष्ठ र सुन्टोलका मिरा महर्जनलाई नियुक्त गरेकोछ । कोषाध्यक्षमा साल्खाटोलका जगनाथ श्रेष्ठलाई नियुक्त गरेको छ ।

त्यसैगरी सचिवमा साल्खाटोलका बालकृष्ण सिंलाई नियुक्त गरेको छ भने सह कोषाध्यक्षमा ईपाटोलका रत्नलाल श्रेष्ठलाई नियुक्त गरेको छ ।यो समितिमा साँखुको आठवटै टोलबाट ३/३ जनाले सहभागिता जनाउँछन् भने अध्यक्ष भएको साल्खाटोलबाट कोषाध्यक्ष सहित ४ जनाले प्रतिनिधित्व गर्छन् । साथै निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ सदस्यका रुपमा रहन्छन् । यसरी यस समितिमा २६ जना सदस्य रहने गर्दछ ।

तपाइँको प्रतिक्रिया ।