नारायणगढ–मुग्लिङ सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

कपन अनलाइन 

काठमाडौं पौष ५। नारायणगढ–मुग्लिङ सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।आजदेखि एक महिना  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक  बन्द हुनेछ ।नारायणगढतर्फबाट जाने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।

काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिङ बजारबाट मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिने  भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।