नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल
कपन अनलाइन
काठमाडौँ, पौष ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो । त्यसैगरी बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेकोनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिब डा बेदुराम भुसालले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।
तपाइँको प्रतिक्रिया ।