साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ, पौष १। शंखरापुर नगरपालिकामा रहेको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।समिति हस्तान्तरण पछिको तेस्रो तथा स्थापनापछिको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । समितिको कार्यसमितिका अध्यक्ष दिनेशलाल श्रेष्ठको सभापतित्वमा शनिवार साँखुमा भएको साधारण सभाले दुई आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ भने अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । अघिल्ला बर्षहरुमा कोभिडका कारण पारित हुन नसकेको आर्थिक प्रतिवेदन यही साधारण सभाबाट पारित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।समितिले आगामी अधिवेशनका लागि नयाँ सदस्यता आह्वान गर्ने, अधिवेशनमा समितिको बिधान संसोधन गर्ने निर्णय पनि भएको छ ।
समितिको साधारणसभामा प्रमुख अतिथिका रुपमा नवनिर्वाचित काठमाडौं क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य राजु बिष्ट रहेका थिए । यस्तै बिशिष्ट अतीथिहरूमा शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ रहेका थिए । अतिथिहरूमा डा.माधबनारायण श्रेष्ठ, वडा नं ७ अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, वडा नं ६ अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नं ३ अध्यक्ष्य सुर्य बहादुर तामाङ, समाजसेवी गोबीन्द प्रसाद श्रेष्ठ, सालीनदी यातायात प्रा.लीका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठ लगायत रहेका थिए ।
सो साधारण सभालाई सफल बनाउनका लागी आफ्नो अमूल्य समय दिने अतिथिहरुलाई कार्यसमिति अध्यक्ष दिनेश लाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
साँखु उपभोक्ता समितिले साँखु बजार र त्यस आसपासका क्षेत्रहरुमा दैनिक १६ देखि २० लिटर पानी वितरण गरिरहेको छ । विगतमा ४ सय खानेपानीको धारा रहेकोमा हाल १ हजार ६५ वटा धारा पु¥याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ति धाराका साथै थप १९ वटा सार्वजनिक धारा समेत सञ्चालनमा रहेको उनले बताए । साँखुमा खानेपानी वितरणका लागि २०६२ सालमा उपभोक्ता समिति गठन भएको थियो ।
फोटो सौजन्य :नया पोस्ट