भूकम्पपीडितलाई विश्वहिन्दु महासङ्घको सहयोग

भूकम्पपीडितलाई विश्वहिन्दु महासङ्घको सहयोग

काठमाडौँ, ३१ जेठ । विश्वहिन्दु महासङ्घले भूकम्प प्रभावित विभिन्न जिल्लामा करिब रु १६ लाखको राहत सामग्री उपलब्ध गराएको छ ।

काठमाडौँका साँखु तथा ललितपुर, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लाका विभिन्न स्थानका विपन्न तथा ग्रामीण भेगका भूकम्पपीडितलाई चामल, कम्बल, त्रिपाललगायत सामग्री महासङ्घले सहयोग गरेको हो ।

Bishwo-Hindu-Mahasangh

प्रभावित क्षेत्र नुवाकोटका केही गाउँका बालबालिकालाई विभिन्न खेलौना तथा शैक्षिक सामग्रीका साथै बाल मनोवैज्ञानिक परामर्शसमेत उपलब्ध गराएको महासङ्घका अध्यक्ष हेमबहादुर कार्कीले शनिवार बताउनुभयो ।

उहाँले भूकम्पबाट उत्पन्न भएको सङ्कटलाई समाधान गर्न सबै जाति समुदाय तथा धर्म, संस्कृतिका मानिस एकजुट भई विपत्मा परेका मानिसलाई मानवीय सहयोग गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट सो सहयोग जुटाई पीडितलाई वितरण गरेको हो । अध्यक्ष कार्कीका अनुसार आगामी दिनमा अन्य प्रभावित क्षेत्रका पीडितलाई पनि सहयोग प्रदान गरिने योजना छ ।

विश्वमा रहेका विभिन्न हिन्दुवादी सङ्घ संस्थाको साझा सङ्गठनका रूपमा क्रियाशील सो महासङ्घले हिन्दू धर्म, दर्शन तथा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन तथा सरसफाइ, रक्तदानलगायत विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।