प्रथम जि.एल. ए अन्तर विद्यालय स्तरीय हाजिरी जवाफको उपाधी कुन्डलिनी स्कुललाइ

प्रथम  जि.एल. ए अन्तर विद्यालय स्तरीय हाजिरी जवाफको उपाधी कुन्डलिनी स्कुललाइ

कपन अनलाइन

काठमाडौँ, मङ्सिर १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा संचालित गोकर्णेश्वर लाइट एकेडेमी द्वारा आयोजित प्रथम सस्करणको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफको उपाधी कुन्डलिनी स्कुलले जितेको छ ।  गोकर्णेश्वर लाइट एकेडेमीले मंसिर १६ र १७ गते  गरि दुइ दिन सम्म चलेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि कुन्डलिनी स्कुलले जितेको हो  ।

 ३५ बिद्यालय सम्मीलित उक्त प्रतियोगितामा नव अरुणिमा स्कुल दितीय हुँदा  , हिल साइड एकेडेमी  तृतीय त्यसै गरि  ,बाल सन्सार स्कुल, मनकामना माबी र जिवन तारा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा प्रथम , द्वितीय , तृतीय हुने टिमलाई क्रमश ७०००,५००० र ३००० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र तथा बाकी तीन टिमलाइ सान्त्वना स्वरुप सिल्ड र प्रमाणपत्र प्रदान गरिएको गोकर्णेश्वर लाइट एकेडेमी प्रीन्सिपल सौर्य आचार्यले जानकारी गराए ।

 मङ्सिर १७ भएको फाइनल कार्यक्रममा संचालक समिति अध्यक्ष झम्कनाथ पराजुलिको सभापतित्वमा भएको उक्त कार्यक्रममा ,प्रमुख अतिथीको रुपमा  काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम कुमार राई बिशेष अतिथिहरु, प्याब्सन काठमाडौ सचिब सुदर्शन थापा, सह सचीव ओम ढकाल,निसानको महासचिव नवराज सापकोटा ,ग्रीन आर्मी नेपालका अध्यक्ष सबिन शर्मा ,बि.ब्य. स अध्यक्ष लक्ष्मण आचार्य लगाएत विभिन्न बिद्यालयका प्रीन्सिपल, शिक्षासेवी व्यक्तित्वहरुले  बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।