भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा

भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५ औं माछापुछ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक  जोडे । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गरे ।
सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५४–३४ तथा हिमालयन किङ्डमले ग्रिनल्यान्डलाई ७७–७५ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सन्देश खड्काले २५ तथा हिमालयन किङ्डमका जाङ्गु लामाले ४३ अंक बटुले । सेमिफाइनलमा हिमालयन किङ्डमको भेट भ्याली पब्लिकसंग हुनेछ भने बीएनएले गोल्डेनपिकको सामना गर्नेछ ।
सिनियर गल्र्समा एचएचसीएले निस्टलाई १२–७ तथा काष्ठमण्डपले पृथ्वीलाई २७–२१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एचएचसीएकी प्रमिला बानियाँले ४ तथा काष्ठमण्डपकी रजनी श्रेष्ठले १३ अंक जोडे । सेमिफाइनल एचएचसीए र भ्याली पब्लिक तथा काष्ठमण्डप र ग्रिनल्यान्डबीच हुनेछ ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले हिमरश्मीलाई २९–२१ तथा गोल्डेनपिकले भ्याली पब्लिकलाई १६–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ तथा गोल्डेनपिकका सुशिल गिरीले १४ अंक जोडे । विजेता दुवैको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनलमा एन्जल्स हार्टले बीएनए विरुद्ध खेल्ने  छ ।

तपाइँको प्रतिक्रिया ।