उकेरा डटकमको समाचार डिलेट गर्नेमाथि कारबाही गर्न अनलाइन पत्रकार सङ्घको माग

उकेरा डटकमको समाचार डिलेट गर्नेमाथि कारबाही गर्न अनलाइन पत्रकार सङ्घको माग

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १६।

अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ।

उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरेर सुप्रिम सहकारी आर्थिक सङ्कटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादसहितका पाँच सामाग्री डिलेट भएको थियो।

No description available.

लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेरा डटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुङ्गानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति समेत सङ्घले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ।

‘प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया अवलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय छ, सङ्घ यस घटनाको भर्त्सना गर्दै छानबिन गरी दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ,’ सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया ।